नेप्से परिसूचक २१०० विन्दु नजिक पुग्यो, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन वृद्धि भएको छ । साेमबारदेखि उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्लो ३ दिनमा नेप्से ६६ अंकले बढेको छ ।

सूचकमा सुधार आए पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९८ करोडले घटेर ५ अर्ब १३ करोडमा सीमित भएको छ ।

बुधबार नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ विन्दुमा पुगेको छ । इन्ट्राडेमा नेप्से २११५ विन्दुमा पुगे पनि अन्त्यमा घटेर २१०० विन्दु तलै बन्द भएको हो । आज ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ को परिसूचक बढेको छ भने ७ को घटेको छ । अन्य समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ ।

आज पनि सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, रिलायबल लाइफ साढे २८ करोड र ङादी ग्रुप पावर १५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन रि इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, नेपाल वेयरहाउजिङ, मुक्तिनाथ कृषि कम्पनी र ङादी ग्रुप पावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

विश्व अर्थतन्त्र अझै २ वर्ष सुस्त रहने, नेपालको वृद्धिदर भने औसतभन्दा माथि Read Previous

विश्व अर्थतन्त्र अझै २ वर्ष सुस्त रहने, नेपालको वृद्धिदर भने औसतभन्दा माथि

३ करोड ३५ लाख नगदसहित रामबहादुर बम्जन सार्वजनिक, १७ देशको मुद्रा बरामद Read Next

३ करोड ३५ लाख नगदसहित रामबहादुर बम्जन सार्वजनिक, १७ देशको मुद्रा बरामद