एकैपटक दुई हेलिकप्टर ल्याउँदै सिम्रिक एयर

काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर सेवाप्रदायक सिम्रिक एयरले एकैपटक दुईवटा हेलिकम्पटर ल्याउने भएको छ ।

 

सिम्रिकले नेपालमै पहिलोपटक बेल ५०५ जेट रेन्टर एक्स सिरिजका दुई हेलिकप्टर ल्याउने भएको छ।कम्पनीका अनुसार जनवरीको अन्तिमसम्म हेलिकप्टर नेपाल आउने छन्।

 

अमेरिकन/क्यानेडियन कम्पनीको उत्पादन बेलको नयाँ सिरिजको हेलकप्टर सिम्रिकले ल्याउने तयारी गरेको छ।

 

हाल पाँचवटा हेलिकप्टर भएको सिम्रिकसँग अहिले चारवटा एयरबसका हेलिकप्टर छन् भने एउटा बेलकै छ। नयाँ दुई आएपछि सात पुग्ने छन्।

 

नयाँ आउने हेलिकप्टर उच्च हिमाली क्षेत्रमा उड्न अझ सहज हुने र मेडिकल रेस्क्युका लागि पनि अनुकुल हुने कम्पनीको विश्वास छ।

त्रिभुवन विश्वविद्यालयको बेरुजु १९ अर्ब, चालू वर्षमा शून्यमा झार्ने लक्ष्य Read Previous

त्रिभुवन विश्वविद्यालयको बेरुजु १९ अर्ब, चालू वर्षमा शून्यमा झार्ने लक्ष्य

सरकारी निकाय नै अन्यौलमा: कुन सडकमा कसले ढल निर्माण गर्ने Read Next

सरकारी निकाय नै अन्यौलमा: कुन सडकमा कसले ढल निर्माण गर्ने