हिमालयन एभरेष्ट र रिलायबल लाइफको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

बुधबार हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।

हिमालयन एभरेष्टले ८. ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत बोनस गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, रिलायबल लाइफले १६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८४ प्रतिशत नगद गरी कुल १६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

दुवै कम्पनीको प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति र सम्बन्धित कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

लगातार ओरालो लाग्दै ब्याजदर, माघमा पनि घट्ने Read Previous

लगातार ओरालो लाग्दै ब्याजदर, माघमा पनि घट्ने

महासंघद्वारा छानबिन समिति गठनको स्वागत, समस्याको दीर्घकालीन समाधानमा जोड Read Next

महासंघद्वारा छानबिन समिति गठनको स्वागत, समस्याको दीर्घकालीन समाधानमा जोड