काठमाडौं । नेपाल विज्ञापन संघको नयाँ कार्यसमिति चयन भएको छ । संघको २४औं वार्षिक साधारण सभाले १४ सदस्यीय केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो ।
संघको पदाधिकारीमा कोषाध्यक्ष बाहेक अन्य सबैजना निर्विरोध निर्वाचित भएका छन् । संघको अध्यक्षमा सुदीप थापा चयन भएका छन् ।
त्यस्तै, प्रथम उपाध्यक्षमा उजय शाक्य, द्धितिय उपाध्यक्षमा पकज लाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा अरुणकाजी स्थापित, रोशन रेग्मि, सन्तोष सिलवाल गिरी, दीपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल चयन भएका छन् ।
नयाँ कार्यसमितिको कार्याकाल ३ वर्षको हुनेछ ।