माथिल्लो रेन्जमा खुल्यो हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार, आज बेचे कति फाइदा हुन्छ ?

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको सेयर कारोबार माथिल्लो रेन्जमा खलुको छ । आज स्पेशल प्रि सेसनमा कम्पनीको सेयर करोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा खुलेको हो ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि न्यूनतम १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको थियो । कारोबार खुल्ने बित्तिकै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३४०.१ रुपैयाँ पुगेको छ ।

आइपीओ भरेका लगानीकर्ताले आज सेयर बेचेमा कम्तीमा १ हजार ३०० रुपैयाँ नाफा कमाउने भएका छन् । लगानीकर्ताले कम्पनीको आइपीओ प्रतिकित्ता २०६ रुपैयाँदरले भरेका थिए भने आजको दरमा बेच्दा प्रतिकित्ता १३० (कर तिरेर) फाइदा हुने भएको छ ।

लगानीकर्ताले कम्पनीको आएपीओमा कम्तीमा १० देखि अधिकतम ४० कित्तासम्म पाएका थिए । १० कित्ता बेच्नेले १३०० रुपैयाँ नाफा हुनेछ भने ४० कित्ता बेच्नेले ५२०० रुपैयाँ नाफा कमाउने छन् ।

नेपाली सेयर बजार इतिहासमै दोस्रो ठूलो आइपीओ ल्याएको कम्पनीले आइतबार नेप्सेमा संस्थापक र सर्वसाधरण गरी १० करोड कित्ता सेयर सूचीकृत गरेको थियो भने आजदेखि कारोबारमा आएको हो ।

आम्दानीको प्रमुख स्रोत बन्दै सुन्तला, एउटै गाउँबाट डेढ करोडको बिक्री Read Previous

आम्दानीको प्रमुख स्रोत बन्दै सुन्तला, एउटै गाउँबाट डेढ करोडको बिक्री

माउन्टेन इनर्जीको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

माउन्टेन इनर्जीको लाभांश घोषणा, बोनस र नगद कति ?