नेप्सेमा उच्च अंकको गिरावट, यी ५ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । दिनभरमा ३३ अंकको गिरावट आएको नेप्से अन्त्यमा २६ अंकले घटेर बन्द भएको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज ५ अर्ब २४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

आइतबार नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ विन्दुमा आइपुगेको छ । यस दिन ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३३९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये हाइड्रोपावर बाहेक अरु सबै उपसमूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले घटेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट झन्डै २० करोड र माउन्टेन इजर्नीको १५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तेह्रथुम पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, नेपाल वेयरहाउजिङ, मुक्तिनाथ कृषि कम्पनी, धौलागिरि लघुवित्त र सिंगट्टी हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

प्रहरीमा बैंकिङ कसूर र वित्तीय अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने Read Previous

प्रहरीमा बैंकिङ कसूर र वित्तीय अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने

बीमा कम्पनीकाे लगानीका क्षेत्र बढाइयो, पब्लिक कम्पनीमा १५% सम्म लगानी गर्न पाउने Read Next

बीमा कम्पनीकाे लगानीका क्षेत्र बढाइयो, पब्लिक कम्पनीमा १५% सम्म लगानी गर्न पाउने