१७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले साेमबार बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गरेर बाँकी रहेको १४ अर्ब रुपैयाँ पुरानै ट्रेजरी नवीकरण गरिने छ । जसमा ८ अर्ब रुपैयाँ ९१ दिन र ९ अर्ब रुपैयाँ १८२ दिननका लागि रहेको छ ।

राष्ट्र बैंकले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेको १४ ट्रेजरी बिल पुनः बिक्री गर्न लागेको हो ।

६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको मुआब्जाका लागि बजेट माग, ५ अर्ब चाहिने Read Previous

६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको मुआब्जाका लागि बजेट माग, ५ अर्ब चाहिने

त्रिपक्षीय सम्झौतापछि बंगलादेशले नेपालबाट बिजुली  लैजाने, अन्तरदेशीय प्रसारण लाइनकाे क्षमता १ हजार मेगावाट Read Next

त्रिपक्षीय सम्झौतापछि बंगलादेशले नेपालबाट बिजुली लैजाने, अन्तरदेशीय प्रसारण लाइनकाे क्षमता १ हजार मेगावाट