रिलायन्स स्पिनिङले पायो बुक बिल्डिङबाट आइपीओ बिक्रीको अनुमति, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । रिलायन्स स्पिलिङ मिल्स लिमिटेडले बुक बिल्डिङ विधिबाट प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा संस्थागत लगानीकर्तालाई आइपीओ बिक्रीको अनुमति दिएको हो । कम्पनीले संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ ।

कम्पनीको प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्ममा आइपीओ बिक्रीको अनुमति पाएको हो । अब यही मूल्यको बीचमा रहेर संस्थागत लगानीकर्ताले बोलकबोल पेश गर्न सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । बुकबिल्डिङ विधिबाट आइपीओ बिक्रीको अनुमति पाउने रिलायन्स दोस्रो कम्पनी हो । यसअघि सर्वोत्तम सिमेन्टले पहिलो पटक बुकबिल्डङ विधिबाट आइपीओ बिक्रीको अनुमति पाएको थियो ।

हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको सडक चैत ३० गतेसम्म बन्द Read Previous

हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको सडक चैत ३० गतेसम्म बन्द

प्याराग्लाइडिङको नयाँ गन्तव्य बन्दै धुलिखेल र फुल्चोकी, कति लाग्छ खर्च ? Read Next

प्याराग्लाइडिङको नयाँ गन्तव्य बन्दै धुलिखेल र फुल्चोकी, कति लाग्छ खर्च ?