हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको सडक चैत ३० गतेसम्म बन्द

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको सडकखण्ड भीमफेदी–दक्षिणकाली खण्डमा आजदेखि सवारी आवागमन बन्द गरिएको छ ।

दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने सो खण्डमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएकाले आगामी चैत ३० गतेसम्म सडक बन्द रहने भएकाले सो मार्ग हुँदै यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

हाल काठमाडौंसम्म यात्रा गर्नका लागि कुलेखानी-चित्लाङ हुँदै काठमाडौं पुग्ने बाटो र कान्तिलोकपथ खुला रहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार नारायणगढ मुग्लिन सडकखण्ड हुँदै पनि काठमाडौं जान सकिनेछ ।

२० करोडका योजनामा भारतले एक्लैले निर्णय गर्दैन, नेपालको पनि साझेदारी रहन्छ : प्रधानमन्त्री Read Previous

२० करोडका योजनामा भारतले एक्लैले निर्णय गर्दैन, नेपालको पनि साझेदारी रहन्छ : प्रधानमन्त्री

रिलायन्स स्पिनिङले पायो बुक बिल्डिङबाट आइपीओ बिक्रीको अनुमति, प्रतिकित्ता मूल्य कति ? Read Next

रिलायन्स स्पिनिङले पायो बुक बिल्डिङबाट आइपीओ बिक्रीको अनुमति, प्रतिकित्ता मूल्य कति ?