अम्बानीलाई उछिन्दै गौतम अडानी बने एसियाकै धनी, एकैदिनमा बढ्यो साढे ७ अर्ब डलर सम्पत्ति

काठमाडौं । अडानी ग्रुप अफ कम्पनीका अध्यक्ष गौतम अडानी पुनः एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीलाई पछिपार्दै अडानी फेरि भारत र एशियाकै धनी व्यक्ति बनेका हुन् ।

ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार गएको २४ घण्टामा ७ अर्ब ६७ करोड डलर नेटवर्थ थपिएसँगै अडानीले अम्बानीलाई उछिनेका हुन् । शुक्रबार उनको नेटवर्थ ९७ अर्ब ६० करोड डलर पुगेको छ ।

बिहीबार अडानी मा १४ औं स्थानमा  रहेका उनी शुक्रबार अम्बानीलाई उछिनेर १२ औं स्थानमा उक्लेका छन् । अम्बानी भने ९७ अर्ब डलरसहित सूचीको १३ औं स्थानमा थिए ।

अमेरिकी शर्ट सेलर कम्पनी हिडनबर्गले गएको वर्ष अदानी समूहभित्र चलखेल, धोकाधडीबारे एउटा सयौं पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेपछि अदानी समूहको सेयरमा व्यापक गिरावट आउँदा अडानी अम्बानीभन्दा पछि परेका थिए । उक्त रिपोर्ट सार्वजनिकपछि अडानी समूहको पूँजीकरण झन्डै साढे ३ खर्ब भारुले घटेको थियो ।

 

सस्तोमा किसानको धान नपाएपछि भारतबाट चामल किन्दै खाद्य कम्पनी Read Previous

सस्तोमा किसानको धान नपाएपछि भारतबाट चामल किन्दै खाद्य कम्पनी

एक दशकपछि नारायणी लिफ्टद्वारा हिउँदमा पनि छाडियो पानी Read Next

एक दशकपछि नारायणी लिफ्टद्वारा हिउँदमा पनि छाडियो पानी