भेस्पा र अप्रिलियाको सर्भिस क्याम्प सम्पन्न, गल्फ लुब्रिकेन्ट बन्यो ओईएम पार्टनर

काठमाडौं । भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको छ । जाडो मौसममा दुईपाँग्रे सवारीसाधनमा पर्न सक्ने असरलाई मध्येनजर गर्दै नेपालका लागि भेष्पा/अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले उक्त क्याम्प आयोजना गरेको हो हो ।

उक्त क्याम्प पुस ४ देखि १४ गतेसम्मसम्म काठमाडौँ उपत्यकाका ५ स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा सम्पन्न भएको हो । सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल ल्युब आयल ओईएम पार्टनरको रुपमा सहभागी भएको थियो ।

भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरूलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र गल्फ इन्जिन आयल चेन्ज प्रदान गरेको थियो । सो क्याम्पमा सहभागी २६०० भन्दा धेरै ग्राहक मध्ये ५ भाग्यमानी ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार समेत दिइयो ।

लक्की ड्र बाट रत्न केशरी रंजितकार (भक्तपुर), रन्जु नेपाल (बनेपा), नविना श्रीश (एकान्तकुना), रोमीका न्यौपाने (गहनापोखरी) र मोनिका श्रेष्ठ (झम्सिखेल) विजेता भए ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड विगत ३९ वर्षदेखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ।

 

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर, द्धिपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने Read Previous

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर, द्धिपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने

भारतमा १० हजार मेगावाट बिजुली निर्यातको ढोका खुल्यो, सहमतिपत्रमा हस्ताक्षर Read Next

भारतमा १० हजार मेगावाट बिजुली निर्यातको ढोका खुल्यो, सहमतिपत्रमा हस्ताक्षर