यस्ता सेयर किन्नुस, कहिल्यै घाटा हुँदैन

सेयर बजार अहिले धेरै तल आइसकेको छ । विगतमा राम्रो लाभांश बाँढ्दै आएको इतिहास भएको कम्पनीहरुको सेयर खरिद गरेको खण्डमा बैंकले दिने ब्याजदरकै हाराहारीमा ती कम्पनीले पनि लाभांश दिने अवस्था आइसकेको छ । ३ सय रुपैयाँ प्रति कित्ता सेयर भएको कम्पनीले २५ देखि ३० प्रतिशत लाभांश दिइरहेको छ ।

 

त्यसैले जानकारहरु यो नै दीर्घकालिन रुपमाम सेयर बजारमा लगानी गर्ने उपयुक्त समय भएको बताउन थालेका छन् । यद्यपी सर्वसाधारण लगानीकर्ताहरु भने डराइरहेको स्थित छ । उनीहरु किन्ने उपयुक्त समय भएको तथ्यसँग सहमत भए पनि कस्ता कम्पनीहरु छान्ने भन्ने अन्यौलमा रहेका छन् ।

 

यस्तो अवस्थामा सेयरको चरित्र पर्गेल्न सकियो भने निर्णय लिन सजिलो हुने विज्ञहरु बताउँछन् । मानिसहरुको जस्तै कुनै पनि कम्पनीको सेयरको पनि आफ्नै अन्तर्निहित चरित्र हुन्छ ।

 

र, जसरी हामी कसैलाई आफ्नो साथी वा जीवनसाथी बनाउँदा उसको चरित्रको बारेमा खोजिनीति गर्छौं र उनीहरुको त्यो चरित्र आफू अनुकूल छ भने मात्र सम्बन्ध स्थापित गर्न अघि बढ्छौं, त्यसै गरि कुनैपनि कम्पनीको सेयर किन्दा उक्त कम्पनीको सेयरको चरित्रको पनि खोजिनीति गर्नु आवश्यक हुन्छ ।

 

अस्थिर चरित्रका सेयर

 

मान्छेको जस्तै कुनै पनि सेयरको चरित्र अस्थिर हुन्छ । कुन समयमा कस्तो ब्यवहार देखाउँछ भन्ने आँकलन गर्नै नसकिने । राम्रो समाचार आउँदा सहज रुपमा मूल्य पनि नबढ्ने र नराम्रो समाचार आउँदा सेयर बेचेर उम्कने मौका पनि नदिई ह्वात्तै झरिहाल्ने । कम्पनीको प्रगति वा दुर्गतिसँग मूल्यको तादम्यता पनि नराख्ने ।

 

कुनै पनि सेयर खरिद गर्दा यस्ता अस्थिर प्रकृतिका सेयरहरु खरिद नगरेकै राम्रो । जसरी हामी बालेको कुराको ठेगान नहुने कस्तो परिस्थितिमा कस्तो व्यवहार देखाउने हो थाहा नहुने मानिसलाई साथी बनाउन रुचाउँदैनौं नी, सेयरको मामीलामा पनि कुरा त्यस्तै हो ।

 

र, एउटै सेक्टरका सयर छन् भने पनि तिनका चरित्र बेग्लाबेग्लै हुन्छन् । परिपक्व लगानीकर्ता हुन यस्ता चरित्रहरु पर्गेल्नु जरुरी हुन्छ ।

 

लामो समयसम्म साथ दिने चरित्र

 

साथी बनाउँदा वा सेयर किन्दा यो चरित्रको ख्याल राख्नु महत्वपूर्ण हुन्छ । अप्ठ्यारो परेका बेला साथ नदिने , बोलाएको बेला नआउने मानिसलाई साथी नबनाए जस्तै अप्ठ्यारो परेको बेलामा बेच्न गाह्रो हुने, पैसाको खाँचो परेका बेला लाभांश नदिने सेयरहरु खरिद गर्नु हुँदैन ।

 

सस्ता चरित्र 

 

विशेषगरी साना तथा नयाँ लगानीकर्ताहरु सस्ता सेयर पनि आकर्षित भएको पाइन्छ, थोरै पैसामा धेरै कित्ता सेयर पाइन्छ भनेर । तर, उनीहर त्यो सेयर किन यस्तो सस्तो भयो भनेर चाहीँ सोच्दैनन् ।

 

जसरी हामी कसैलाई साथी बनाउँदा जोकोहीलाई पनि एकदमै सहज पहुँच दिने, हल्काफुल्का सम्बन्ध गाँसिहाल्ने र सम्बन्धहरुका धर्म ननिभाउने मानिसहरुलाई साथी वा जीवनसाथीको रुपमा स्वीकार्दैनौं त्यसै गरी धेरै सस्ता, जो कसैले पनि सहजै संख्यामा किन्न सक्ने सेयरहरु किन्नु हुँदैन ।

 

विश्वसनीय चरित्र

 

विश्वसनीयता लगानीकर्ताले सेयर खरिद गर्दा ख्याल गर्नुपर्ने अर्को चरित्र हो । यस्ता सेयरहरु अन्य सेयरहरुको तुलनामा बजार घटेका बेला कम घट्छन् ।

 

कम्पनी चलाउने मानिसहरु भरपर्दा, इमान्दार र सक्षम छन् । निरन्तर लाभांश दिएर पूँजीगत घाटाको पूर्ती गर्छन् , त्यसैगरी जसरी विश्वसनीय साथीले आपतविपतमा साथ दिन्छन् र अप्ठ्यारो परेका बेला मुन्टो बर्टादैनन् ।

भरतपुर विमानस्थल १० दिनका लागि बन्द Read Previous

भरतपुर विमानस्थल १० दिनका लागि बन्द

रसुवागढीको निर्माणकार्य तीव्र गतिमा, फेब्रुअरीभित्र १११ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य Read Next

रसुवागढीको निर्माणकार्य तीव्र गतिमा, फेब्रुअरीभित्र १११ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य