काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
यी कम्पनीहरुले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (पुस २० गते) बुकक्लोज मिति तोकेका छन् । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।
बोटलर्स नेपालले गत वर्षको नाफाबाट कर प्रयोजनसहित ६० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनी पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ। सो सभा सोल्टी होटल, ताहाचल, काठमाडौँमा बिहान ९ बजे सुरु हुनेछ।
त्यसैगरी, श्री इन्भेष्टमेन्टले गत वर्षको नाफाबाट करसहित ५.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा साधरण सभा बोलाएको हो ।
त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरले ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पार गर्न कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ।
तीनै कम्पनीको साधरण सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउने छन् ।