सेयरधनीको खातामा आयो हिमालयन रि-इन्स्योरेन्सको आइपीओ, कहिलेदेखि हुन्छ कारोबार ?

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ ।

गत पुस ११ गते आइपीओ बाँडफाँट गरेको कम्पनीले एक सातामै सेयर डिम्याट खातामा पठाएको हो । कम्पनीको सेयर ‘HRL’ संकेत चिह्नमा डिम्याटमा आएको हो ।

सेयर डिम्याट खातामा पठाएसँगै नेप्सेमा सूचीकरण प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ । नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म प्रतिकित्ता २०६ रुपैयाँ (प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थपेर)दरले २ करोड ४९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा १५ लाख ६४ हजार ५६४ जनाले न्यूनतम १० देखि ४० कित्तासम्म सेयर पाएका थिए ।

 

विदेश पठाइदिन्छु भन्दै १० करोड बढी ठग्ने व्यक्ति पक्राउ, ९९७ राहदानी बरामद Read Previous

विदेश पठाइदिन्छु भन्दै १० करोड बढी ठग्ने व्यक्ति पक्राउ, ९९७ राहदानी बरामद

दिनदिनै प्रणालीबाट पैसा खिच्दै राष्ट्र बैंक, आज २५ अर्ब तान्ने Read Next

दिनदिनै प्रणालीबाट पैसा खिच्दै राष्ट्र बैंक, आज २५ अर्ब तान्ने