तीन निर्जीवन बीमा कम्पनी कारबाहीमा, २ लाख जरिवाना

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन निर्जीवन बीमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरण संचालक समितिको पुस ६ गते बसेको बैठकले ३ कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलाई कारबाही गरेको हो ।

प्राधिकरणका अनुसार स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि ती कम्पनीलाई कारबाही गरिएको हो ।

स्थलगत निरीक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरूले आम्दानीको स्रोत नखुलाई बीमा गरेको, उधारो बीमा गरेको, दाबी भुक्तानीमा समस्या पाइएको जस्ता कैफियत भेटिएको प्राधिकरणले जनाएको छ ।

कारबाहीमा परेका तीनै कम्पनीलाई प्राधिकरणले २/२ लाख रुपैयाँ नगद जरिवाना समेत तिराएको छ ।

भक्तपुरको कमेरोटार जग्गा एकीकरण २० वर्षदेखि अलपत्र Read Previous

भक्तपुरको कमेरोटार जग्गा एकीकरण २० वर्षदेखि अलपत्र

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा देशव्यापी रक्तदान Read Next

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा देशव्यापी रक्तदान