सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको पुस १६ गते बसेको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

हाल ३ अर्ब ७५ करोड चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरणपछि ३ अर्ब ९३ करोड रुपैयाँ पुग्नेछ ।

हुलाकी राजमार्ग : सडक बन्यो, पुल नबन्दा संचालनमा आउन सकेन Read Previous

हुलाकी राजमार्ग : सडक बन्यो, पुल नबन्दा संचालनमा आउन सकेन

हिमाल आइरनले किस्तामा तिर्‍यो डेडिकेटेड लाइनको बक्यौता, जोडियो बिजुली Read Next

हिमाल आइरनले किस्तामा तिर्‍यो डेडिकेटेड लाइनको बक्यौता, जोडियो बिजुली