काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि अन्तिम ५ जनाको नाम छनोट भएको छ । अर्थ मन्त्रालयद्धारा गठित छनोट समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको हो ।
छनोट हुनेमा पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ रहेका छन् । अब उनीहरु मध्येबाट एकजना कोषको कार्यकारी निर्देशक बन्नेछन् ।
उनीहरुको शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायिक तथा वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा प्राप्त गरेको कुल प्राप्ताङ्कका आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने उम्मेदवारलाई सर्टलिस्टमा छनोट गरिएको हो ।
छनोट भएकालाई भोलि (पुस १७ गते) अन्तर्वार्ताका लागि बोलाइएको छ । उनीहरुलाई पावर प्वाइन्टसहितको प्रेजेन्टेसन गर्नुपर्नेछ ।