केएल दुगड बन्यो ‘कोर्निटोस’ ब्राण्डका नाचोस क्रिस्प्स र क्रस्टीजको अधिकारिक वितरक

काठमाडौं । केएल दुगड ग्रुपले नेपालमा अधिकारिक रुपमा ‘कोर्निटोस’ ब्राण्डका नाचोस क्रिस्प्स, डिप्स र क्रस्टीज बिक्रीवितरण सुरू गरको छ ।

ज्ञान चक्की आँटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल लगायत खाद्य सामग्री उत्पादन गर्दै आएको कम्पनीले ‘कोर्निटोस’ ब्राण्डका स्न्याक्सहरू बिक्री सुरु गरेको हो ।

मकैबाट बनेको कोर्निटोसको स्न्याक्सहरु, ग्लुटेन मुक्त, शून्य प्रतिशत ट्रान्स–फ्याट, कोलेस्ट्रोल मुक्त र शतप्रतिशत शाकाहारी हुन्छन्।

उच्च गुणस्तरको कोर्निटोस नाचोस क्रिस्प्स विभिन्न स्वादहरूमा उपलब्ध छन् । जस्तै चीज एंड हर्ब्स, सिज्ज्लिंग जलापेनो, स्वीट चिल्ली, टिक्का मसला, पेरी पेरी, टोमाटो मेक्सिकाना ५५ ग्राम, १४० ग्राम र २०० ग्रामको सिज्ज्लिंग जलापेनो उपभोक्ता प्याकमा उपलब्ध छ । साथै ७० ग्रामको उपभोक्ता प्याकमा दुई स्वादिष्ट जलापेनो नाचोस र पेरी पेरी नाचोस उपलब्ध छन्।

त्यसैगरी कोर्निटोस क्रस्टिस ६ फरक फरक स्वादहरूमा उपलब्ध छन्। किङ्ग करी, चीजी गार्लिक, पेरी पेरी, दिल्ली चाट, लेमोन चिल्ली, इटालियन चीजीस यी स्वादहरु ५० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन्।

अब ग्राहकले भाटभटेनी, बिगमार्ट, दराज डटकम तथा स्थानीय किराना पसलहरुमा कोर्निटोसको स्न्याक्सहरु सजिलै प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन Read Previous

ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

छिमेक लघुवित्तसहित ६ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

छिमेक लघुवित्तसहित ६ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन