हिमालयन रि-इन्स्योरेन्सको आइपीओ बाँडफाँट, ४० कित्तासम्म पाए, यहाँबाट हेर्नुहोस् नतिजा

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आइपीओमा ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार सेयर पाएका छन् भने गोलाप्रथाबाट २९ हजार २१ आवेदकले थप १० कित्ता अर्थात् ४० कित्ता सेयर पाएका छन् ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म प्रतिकित्ता २०६ रुपैयाँ (प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थपेर)दरले २ करोड ४९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए । सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक एनएमबी क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

निजी क्षेत्रको सबैभन्दा ठूलो सौर्य आयोजनाको बिजुली प्रसारण लाइनमा जोडियो Read Previous

निजी क्षेत्रको सबैभन्दा ठूलो सौर्य आयोजनाको बिजुली प्रसारण लाइनमा जोडियो

नेरुडे लघुवित्तले यो वर्ष लाभांश नदिने Read Next

नेरुडे लघुवित्तले यो वर्ष लाभांश नदिने