काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा फरदर पब्लििक अफरिङ (एफपीओ) निष्काशन गर्ने भएको छ । बैंकले संस्थापक र सेयरधनीको आवश्यक सेयर अनुपात मिलाउन एफपीओ प्रस्ताव सहित वार्षिक साधरण सभा बोलाएको हो ।
बैंकले उक्त प्रस्ताव पारित गर्न पुस २९ गते ३१ औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजे सुरु हुनेछ ।
बैंकले सभामा एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेन्डाहरु लैजाने भएको छ ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस २० गते बुकक्लोज तोकेको छ । सो अनुसार पुस १९ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन पाउने छन् ।