ग्लोबल आइएमई बैंकले घर किन्न ९.९९ प्रतिशतमै ऋण दिने, १२ करोडसम्म पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो ।

बैंकका अनुसार यस कर्जा योजना अन्तर्गत १२ करोड रुपैयाँसम्म ऋण पाइने छ । यस योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा कर्जा पाउने छन् ।

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरू पेश गरेको ३ कार्य दिन भित्र बिना झन्झट कर्जा प्रवाह गर्नेछ ।

साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका  ग्राहकले सहज रुपमा कर्जा सार्न सक्नेछन् ।

ग्राहकले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५५ वटा शाखाहरूबाट यो सुविधा पाइने बैंकले जनाएको छ । यो योजना सीमित अवधिका लागि मात्रै लागू हुने बैंकले जनाएको छ ।

क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग Read Previous

क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग

युरोपेली मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी, फेब्रुअरीसम्म गरिने Read Next

युरोपेली मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी, फेब्रुअरीसम्म गरिने