काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको माघ ८ गते ‘लक इन पिरियड’ सकिने भएको छ ।
माघ ८ गते सेयर बाँडफाँट भएको ३ वर्ष पुग्ने भएसँगै ‘लक इन पिरियड’ खुल्ने भएको हो । सो मितिपछि संस्थापक, स्थानीय र कर्मचारीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउने छन् ।
यद्दपि, संस्थापक सेयरधनीमध्ये बाहलवाला सञ्चालक समिति, व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीले भने सेयर खरिदबिक्री गर्न पाउने छैनन् ।
कम्पनीका अनुसार माघ ८ गतेदेखि संस्थापकतर्फको १ करोड २५ लाख कित्ता, स्थानीय बासिन्दाको ३ लाख ६ हजार ८१९ कित्ता र कर्मचारीको ६१ हजार ३६४ कित्ता सेयर बिक्रीयोग्य हुनेछ ।
कम्पनीले २०७७ मंसिर १७ गतेदेखि पुस १ गतेसम्म स्थानीय बासिन्दालाई र २०७७ पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारण र कर्मचारीलाई आइपीओ बिक्री गरेको थियो ।