विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पारे महानगरले कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ ।

केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार कोहीकसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्डसजाय गरिने छ ।

डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री Read Previous

डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री

चन्द्रागिरि हिल्सको माघ ८ गते 'लकइन पिरियड' सकिने, १.३८ करोड कित्ता सप्लाइ आउने Read Next

चन्द्रागिरि हिल्सको माघ ८ गते 'लकइन पिरियड' सकिने, १.३८ करोड कित्ता सप्लाइ आउने