७ दिनपछि नेप्सेमा करेक्सन, कारोबार भने उत्साजनक

काठमाडौं । सेयर बजारमा उच्च अंकको करेक्शन आएको छ । मंसिर २६ गतेदेखि लगातार १९० अंकको वृद्धिपछि आज ३२ अंकको करेक्सन आएको हो ।

लगातार ७ दिन बढेको बजारमा आज प्रफिट बुक गर्ने हाबी हुँदा करेक्सन आएको हो । सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज ६ अर्ब २७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

बिहीबार नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० विन्दुमा आइपुगेको छ । आज ३०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये व्यापार र उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक ३.२२ प्रतिशतले घटेको छ ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सोनापुर सिमेन्टको २५ करोड र हिमालयन डिस्ट्रीलरीको २० करोड बढीको कारोबार भएको छ ।

उच्च अंकले घटेको बजारमा पनि आज १० कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु), आशा लघुवित्त, धौलागिरि लघुवित्त, बीपीडब्ल्यू लघुवित्त, र चिरख्वा हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ, भिजन लुम्बिनी ऊर्जा, नागरिक मिडिया र माण्डू हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

हराएका १५ मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता Read Previous

हराएका १५ मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता

नेपाल-श्रीलङ्का बीच व्यापार,लगानीबारे छलफल Read Next

नेपाल-श्रीलङ्का बीच व्यापार,लगानीबारे छलफल