नेपाल एयरलाइन्सका ५ जहाज लिलामीमा

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ५ वटा जहाज लिलामीमार्फत बिक्री गर्ने भएको छ ।

एयरलाइन्सले आज एक सूचना जारी गर्दै ३ वर्षदेखि ग्राउन्डेड ५ वटा पुराना जहाज लिलामीमार्फत बेच्न लागेको जानकारी गराएको हो । निगमले दुई वटा ‘एमए-६०’ जहाज र तीन वटा ‘वाइ-१२ ई’ जहाज लिलामी गर्न लागेको हो ।

निगमका अनुसार जहाज खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आजको ४५ दिन अर्थात् माघ २१ गते भित्र बोलकबोल पेश गर्नुपर्नेछ । बोलकबोलमा धेरै मूल्य कबाेल गर्नेले जहाज पाउने निगमले जनाएको छ ।

निगमले  ९ वर्षअघि  चीनबाट ६ वटा जहाज ल्याएको थियो । जसमा ४ वटा ४ अर्बमा खरिद गरिएको थियो भने २ वटा चीनले अनुदानमा उपलब्ध गारएको थियो । आन्तरिक उडान गर्ने उद्देश्यले ल्याइएका ती जहाज विभिन्न समस्याका कारण नियमित उडान हुन नसकेर २०७७ देखि ग्राउन्डेड छन् ।

 

इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो Read Previous

इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो

नेपालमै उत्पादित ‘एरिष्टोक्र्याट’ प्रिमियम ह्वीस्की बजारमा Read Next

नेपालमै उत्पादित ‘एरिष्टोक्र्याट’ प्रिमियम ह्वीस्की बजारमा