एचआइडीसीएलसहित ३ कम्पनीकाे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत थप ३ कम्पनीले लाभांश घोषणा गरेका छन् ।

बिहीबार हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल), गरिमा विकास बैंक र सिक्लेस हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

तीनै कम्पनी संचालक समितिको मंसिर पुस ४ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् । एचआइडीसीएलले गत वर्षको नाफबाट करसहित ५.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

त्यसैगरी, गरिमा विकास बैंकले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, सिक्लेस हाइड्रोपावरले सेयरधनीलाई करसहित ६ प्रतिशत नगदलाभांश दिने घोषणा गरेको छ ।

तीनै कम्पनीको प्रस्तावित लाभांश सम्बन्धित संस्थाको वार्षिक साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

काठमाडौं-तराई फास्ट ट्रयाक : ६ वर्षमा बल्ल एकतिहाई काम पूरा, ५२ अर्ब खर्च Read Previous

काठमाडौं-तराई फास्ट ट्रयाक : ६ वर्षमा बल्ल एकतिहाई काम पूरा, ५२ अर्ब खर्च

इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो Read Next

इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो