काठमाडौं । प्रभु बैंकले रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमा १९८ औं शाखा संचालनमा ल्याएको छ।
शुक्रबार उक्त शाखा गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले विहान एक समारोह बीच समुद्घाटन गरे।
समुद्घाटन कायक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिती थियो ।
त्यस क्षेत्रको आर्थिक उन्नतीमा टिमुरे शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकको विश्वास छ।