काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
आइतबार बुटवल पावर कम्पनी र मन्दाकिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् । दुवै कम्पनीको मंसिर २९ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
बुटवल पावरले गत वर्षको नाफाबाट करसहित ५ प्रतिशत नगद दिने प्रस्ताव गरेको छ । साथै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड कित्ता एफपीओ निष्काशन गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधरण सभा बोलाएको छ । सो सभा फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।
कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस २० गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।