घट्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले शनिबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।

निगम सञ्चालक समितिको शुक्रबारको बैठकले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः १६४ रुपैयाँ ५० पैसा, १६६ र १६७ रुपैयाँ तोकेको छ ।

डिजेल तथा मट्टितेल पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः १५४ रुपैयाँ ५० पैसा, १५६ र १५७ कायम गरिएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्ग सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपो रहेका छन् ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल तथा डिजेलको खरिद मूल्यमा क्रमशः प्रतिलिटर ३ रुपैयाँ ७ पैसा र ३ रुपैयाँ १६ पैसाले घटेर आएपछि नेपाली बजारमा मूल्य घटाइएको निगमले जनाएको छ ।

सोह्रौं योजनाको अन्त्यसम्म जीडीपी ८० खर्बभन्दा माथि पुर्‍याइने Read Previous

सोह्रौं योजनाको अन्त्यसम्म जीडीपी ८० खर्बभन्दा माथि पुर्‍याइने

गुलियो उखुको तीतो व्यथा : न उचित मूल्य पाउँछन्, न बेचेपछि पैसा Read Next

गुलियो उखुको तीतो व्यथा : न उचित मूल्य पाउँछन्, न बेचेपछि पैसा