लाभांश प्रयोजनका लागि सोल्टी होटलले तोक्यो बुकक्लोज

काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले पुस २६ गते ४९ औं वार्षिक साधरण सभा बोलाएको हो । होटलको सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

होटलले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ५ प्रतिशत बोनस सेयर र करसहित २६.५७८ प्रतिशत नगद गरी कुल ३१.५७८ लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

होटलले साधरण सभा तथा लाभांश प्रयोजनका लागि पुस ५ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार पुस ४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

मर्जरमा गएका र एफपीओ जारी गरेका कम्पनीले कर तिर्नुपर्ने, सर्वोच्चद्धारा रिट खारेज Read Previous

मर्जरमा गएका र एफपीओ जारी गरेका कम्पनीले कर तिर्नुपर्ने, सर्वोच्चद्धारा रिट खारेज

महानगरको निर्णय सर्वोच्चद्वारा बदर, अब निजी पार्किङको शुल्क उठाउन पाउने Read Next

महानगरको निर्णय सर्वोच्चद्वारा बदर, अब निजी पार्किङको शुल्क उठाउन पाउने