फोस्टर्स लागर बियर अब नेपालमा

राज ब्रुअरी प्रालिले आजदेखि नेपालमा औपचारिक रुपमा फोस्टर्स लागर बियरको बिक्री शुभारम्भ गरेको छ । फोस्टर्स एक हरेक मौसममा पिउन सकिने लागर भएको कम्पनीले जनाएको छ । ब्रुअरीमा १४० वर्षभन्दा बढीको विज्ञताका साथ वार्षिक रुपमा ०.५ बिलियन लिटरभन्दा धेरै बियर बिक्रीसँगै विश्वव्यापी रुपमा फोस्टर्सले आफ्नो प्रभाव जमाएको कम्पनीको दाबी छ । फोस्टर्स गोल्ड स्ट्रङ्ग बियर पनि हालसालै नेपालमा ल्याएको थियो ।

 

यस वर्षको प्रारम्भमा नै राज ब्रुअरी प्रालिले विश्व प्रसिद्ध बियर निर्माता एबि इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्राण्डहरुको उत्पादन सम्बन्धमा एक विशेष साझेदार सम्बन्धि सम्झौता सम्पन्न भएको थियो । राज ब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबि इनबेभ र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको एक अत्यधुनिक प्रविधियुक्त ब्रुअरी हो ।

 

राज ब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो, जुन समूहले नेपालमा बहुसंख्यक डिष्टिलरीहरु, अनुसन्धान र विकास एवं वितरण इकाइहरुसहितको एक ब्रुअरीका साथ मदिरा–वेभरेज व्यवसायमा अनवरत रुपमा बजारमा मुख्य आधिपत्य कायम गर्दै आएको छ । जावलाखेल ग्रुपको उत्पादनहरुको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्राण्डहरु जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड जसले आ–आफ्नो समुहको सम्बद्ध बजारको प्रमुख हिस्सा ओगटेका उत्पादनहरु पर्दछन् ।

 

ल्यूभेन, बेल्जियममा विश्वव्यापी प्रधान कार्यालय रहेको एबि इनबेभको विश्वका झण्डै ५० भन्दा बढी देशहरुमा उपस्थिति रहेको छ र ५०० भन्दा बढी ख्यातिप्राप्त बडवेएजर,बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राहृमा जस्ता ब्राण्डहरुको विविधतापूर्ण स्वादहरु उपलब्ध गराउने गर्दछ । यसको अन्य ब्राण्डहरुमध्ये स्टेला अर्टोइज, बेक्स क्यासल, क्यासल लाइट, लेफे, र होएगार्डेन पनि हुन् ।

ट्राभल एजेन्सीबाट टुर प्याकेज लिने पर्यटकले १० प्रतिशत छुट पाउने Read Previous

ट्राभल एजेन्सीबाट टुर प्याकेज लिने पर्यटकले १० प्रतिशत छुट पाउने

एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ अफरका २ विजेतालाई पुरस्कार वितरण Read Next

एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ अफरका २ विजेतालाई पुरस्कार वितरण