काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
दुवै कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (मंसिर २८ गते) बुकक्लोज मिति तोकेका छन् । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।
नेपाल इन्स्योरेन्सले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस १३ गते वार्षिक साधरण सभा बोलाएको छ । इन्स्योरेन्सको सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
त्यसैगरी, मितेरी डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले पुस १४ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा नसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा बिहान ११ बजे सुरु हुनेछ ।