माछापुच्छ्रे बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । माछापुच्छ्रे बैंकले पनि निक्षेपको ब्याजदर घटाएको छ । बैंकले मंसिर २६ गतेदेखि लागू हुने गरी व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदर घटाएको हो ।

बैंकले आजदेखि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.६० प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ७.६० प्रतिशत ब्याजद दिने जनाएको छ । त्यस्तै, साधरण बचतमा न्यूनतम ४.६० देखि अधिकतम ७.६० प्रतिशतसम्म र रेमिट्यान्स मुद्दतीमा १०.६० प्रतिशत ब्याज दिने भएको छ ।

बैंकले मंसिरमा भने निक्षेपको ब्याजदर बढाएको थियो । मंसिरमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.६०३ प्रतिशत र संस्थागतमा ८.६०३ प्रतिशत ब्याज दिएको थियो ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आवको मौद्रिक नीतिमार्फत बैंकदर, नीतिगत दर र निक्षेपदर घटाएसँगै बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका हुन् । यसअघि एनआइसी एशिया, एनएमबी र कुमारी बैंकले पनि निक्षेपको ब्याजदर घटाइसकेका छन् ।

सामान्यतया बैंकहरुले नयाँ महिनाको १ गतेदेखि ब्याजदर घटाउने गरेकाेमा राष्ट्र बैंककाे सहजतापछि कर्जा लगानी बढाउन सो अगावै धमाधम ब्याजदर घटाउन थालेका हुन् ।

राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा मार्फत बैंकदर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दर ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ ।

अस्ट्रेलियाले आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थी भिसामा कडाइ Read Previous

अस्ट्रेलियाले आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थी भिसामा कडाइ

वार्षिक १२ अर्बको हस्तकला निर्यात Read Next

वार्षिक १२ अर्बको हस्तकला निर्यात