बीवाइडीद्वारा देशभर फास्ट चार्जिङ नेटवर्क विस्तार, पहिलो चरणमा यी ११ ठाउँमा जडान

काठमाडौं । बीवाइडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकलेले देशका मुख्य सहरहरुमा ११ वटा डीसी फास्ट चार्जर जडान गरेको छ ।

विद्युतीय सवारी साधनको बढ्दो प्रयोग र ग्राहकको सुविधालाई मध्येनजर गर्दै कम्पनीले देशका मुख्य स्थानहरुमा फास्ट चार्जिङ जडान गरेको हो ।

कम्पनीका अनुसार पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा डीसी फास्टचार्जर संचालनमा ल्याइएको हो ।

यी चार्जर हरुमध्ये १० वटा चार्जर ३० किलोवाट र मूलकोटमा ६० किलोवाटको फास्ट चार्जर जडान गरिएको साइमेक्स इंकले जनाएको छ ।

कम्पनीले यसअघि नै देशका विभिन्न स्थानमा ४० किलोवाटका १४ वटा चार्जिङ नेटवर्क जडान गरेको थियो । यी चर्जिङ पूर्वाधारहरु स्थापनाले सवारी साधनमा दिगो समाधान खोज्ने प्रतिबद्धतालाई अझै स्पष्ट पारेको र ग्राहकले सर्वसुलभ सेवा पाउने कम्पनीको भनाइ छ ।

कम्पनीले आगामी दिनमा पनि थप चार्जिङ स्टेशनको विकास र विस्तार गर्ने लक्ष्य राखेको छ । डिसेम्बर २०२३ को अन्त्य सम्म थप १८ डीसी फास्ट चार्जरहरु संचालनमा ल्याउने कम्पनीले जानकारी दिएको छ ।

बीवाइडी एटो थ्रीका लागि ८८ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ्गको प्रयोग गर्न सकिन्छ भने बीवाइडी डल्फिनमा ६० किलोवाट सम्मको चार्ज दिन सकिन्छ। यसले ३० देखि ४५ मिनेटमा बीवाइडी विद्युतीय सवारी साधनलाई ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ ।

अब सूचीकृत कम्पनीले ‘लकइन पिरियड’ सकिनु ३० दिन अघि नै जानकारी दिनुपर्ने Read Previous

अब सूचीकृत कम्पनीले ‘लकइन पिरियड’ सकिनु ३० दिन अघि नै जानकारी दिनुपर्ने

कुश्मा-नयाँ बुटवल २२० केभी प्रसारण लाइनको उद्घाटन, १२०० मेगावाट बिजुली प्रवाह हुने Read Next

कुश्मा-नयाँ बुटवल २२० केभी प्रसारण लाइनको उद्घाटन, १२०० मेगावाट बिजुली प्रवाह हुने