अब सूचीकृत कम्पनीले ‘लकइन पिरियड’ सकिनु ३० दिन अघि नै जानकारी दिनुपर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले अब ‘लकइन पिरियड’ सकिनुभन्दा ३० अघि नै सो बारे जानकारी दिनुपर्ने भएको छ।

नेपाल धितोपत्र बोर्ड संचालक समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय लकइन पिरियड सकिने बित्तिकै संस्थापकहरु सेयर बेचेर बाहिरिने प्रवृत्ति बढेपछि त्यसलाई नियन्त्रण गर्न बोर्डले यस्तो व्यवस्था गरेको हो ।

बोर्डका अनुसार अब सूचीकृत कम्पनीले लकइन पिरियड सकिनु ३० दिन अघि नै सूचना जारी गर्दै लगानीकर्ता र सबै सरोकारवालालाई जानकारी गराउनु पर्नेछ । यसरी सूचना जारी गर्दा कुल सेयर संख्या, लक इन अवधि समाप्त हुने मितिसमेत स्पष्ट खुलाउनु पर्ने बोर्डले जनाएको छ ।

साथै, सूचनाको जानकारी धितोपत्र बोर्ड, नेप्से र सीडीएससीलाई जानकारी गराउनु पर्नेछ । सूचना जारी भएपछि नेप्से र सीडीएससीको वेबसाइटमा एक सातासम्म राख्नु पर्नेछ ।

अहिले संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई जारी गरेको लगायत सेयरमा ३ वर्षको लकइन पिरियड रहेको छ ।

लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल, सो अगावै कन्ट्री रेटिङ गरिसक्ने Read Previous

लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल, सो अगावै कन्ट्री रेटिङ गरिसक्ने

बीवाइडीद्वारा देशभर फास्ट चार्जिङ नेटवर्क विस्तार, पहिलो चरणमा यी ११ ठाउँमा जडान Read Next

बीवाइडीद्वारा देशभर फास्ट चार्जिङ नेटवर्क विस्तार, पहिलो चरणमा यी ११ ठाउँमा जडान