नेप्सेमा ६० अंकको उतरचढाव, ५ महिना यताकै धेरै कारोबार

काठमाडौं । सोमबार सेयर बजारमा तीव्र उतरचढाव आएको छ । प्रिसेसनमै २५ अंकले बढेको नेप्से त्यसलगत्तै ३५ अंकले घटेको थियो भने अन्तिममा १५ अंकले घटेर बन्द भएको छ । दिनभरमा नेप्सेमा ६० अंकको उतरचढाव आएको छ ।

आइतबार एकैदिन १११ अंकले बढेको नेप्से आज प्रफिट बुक गर्ने हाबी हुँदा दोहोरो अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंकदर र सेयर कर्जाको जोखिम भार समेत घटाएपछि लगानीकर्ता उत्साहित हुँदा आइतबार नेप्सेले छलाङ मारेको थियो ।

सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने उछाल आएको छ । यसदिन ४ अर्ब ८४ करोडको सेयर किनबेच भएको छ । यो ५ महिना यताकै धेरै हो ।

सोमबार नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ विन्दुमा आइपुगेको छ । यस दिन ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ को परिसूचक बढेको छ भने ९ उपसमूहको घटेको छ । विकास बैंक समूह सबैभन्दा धेरै २.०९ प्रतिशतले घटेको छ भने म्युचुअल फण्ड समूह २.१६ प्रतिशतले बढेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु), सामुदायिक लघुवित्त र दोल्ती पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

हुलाकी सडकले फेरिँदै गाउँको जनजीवन, दुर्गमलाई बनाउँदै छ सुगम Read Previous

हुलाकी सडकले फेरिँदै गाउँको जनजीवन, दुर्गमलाई बनाउँदै छ सुगम

घरजग्गा व्यवसाय उकास्न एकपछि अर्को खुकुलो नीति, बढ्ला कारोबार ? Read Next

घरजग्गा व्यवसाय उकास्न एकपछि अर्को खुकुलो नीति, बढ्ला कारोबार ?