नेपाल वेयरहाउजिङको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १० लाख ७७ हजार ८६३ बढीको हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि मंसिर १० देखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीको आइपीओमा कुल १२ लाख ७६ हजार ५५८ आवेदन दिएका थिए ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक हिमालयन क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

दबाबमा सार्वजनिक वित्त, पूँजीगतभन्दा ऋण तिर्न दोब्बर खर्च Read Previous

दबाबमा सार्वजनिक वित्त, पूँजीगतभन्दा ऋण तिर्न दोब्बर खर्च

बाँझो जमिनमा घाँसखेती गर्नेलाई प्रतिरोपनी ३ हजार अनुदान Read Next

बाँझो जमिनमा घाँसखेती गर्नेलाई प्रतिरोपनी ३ हजार अनुदान