रोकिएन नेप्सेको ओरालो यात्रा, लगातार सातौं दिन गिरावट

काठमाडौं । सेयर बजारले ओरालो यात्रा कायमै राखेको छ । गत सोमबारदेखि ओरालो लागेको नेप्से आज लगातार सातौं दिन घटेको हो । गत आइतबार एकैदिन ४७ अंकले बढेको नेप्से त्यस यताका ७ दिनमा लगातार ६९ अंकले घटेको छ ।

मंगलबार नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ विन्दुमा आइपुगेको छ । यसदिन २९२ कम्पनीको १ अर्ब ५४ करोड रुपैयाँ बढीको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेच भएको छ । आज जम्मा ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ को घटेको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये जीवन बीमा बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै २.५२ प्रतिशतले घटेको छ ।

आज माउन्टेन इनर्जीको सेयर सर्वाधिक कारोबार भएको छ । यसको साढे ३६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.५३ प्रतिशत गुमाएका छन् भने सिंगट्टी हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको माग गर्दै काठमाडौं आए व्यवसायी Read Previous

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको माग गर्दै काठमाडौं आए व्यवसायी

बीमा कम्पनीले आइपीओबाट उठेको प्रिमियम लाभांश बाँड्न पाउने, कुनले कति दिन सक्छन् ? Read Next

बीमा कम्पनीले आइपीओबाट उठेको प्रिमियम लाभांश बाँड्न पाउने, कुनले कति दिन सक्छन् ?