नेको इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ ।

कम्पनीको सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश नबाँडी सञ्चित गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले २०७९/८० को वित्तीय विवरण पारित गरेको छ । कम्पनीले आव २०७०/७१ यता सेयरधनीलाई नियमित लाभांश दिँदै आएको थियो ।

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ : अर्थमन्त्री   Read Previous

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ : अर्थमन्त्री  

सुनको मूल्य वृद्धिमा ब्रेक, एकैदिन तोलामा २४०० रुपैयाँ घट्यो Read Next

सुनको मूल्य वृद्धिमा ब्रेक, एकैदिन तोलामा २४०० रुपैयाँ घट्यो