नेप्सेमा लगातार छैटाैं दिन गिरावट, यी हुन धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार छैटौं दिन गिरावट आएको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले यस साता पनि सोही लय कायम राखेको हो । गत आइतबार एकैदिन ४७ अंकले बढेको नेप्से त्यस यताका ६ दिनमा ५९ अंकले घटेको छ ।

सोमबार नेप्से परिसूचक ३.४२ अंकले घटेर १८४७.८१ विन्दुमा आइपुगेको छ । यसदिन २९२ कम्पनीको ३८ लाख ९६ हजार २८७ कित्ता सेयर किनबेच भएको छ । आज १२२ कम्पनीको सेयर मूल्य बढेकोे छ भने १०९ को घटेको छ ।

आज सोनापुर सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । हिमालयन डिष्ट्रिलरीको ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर र माउन्टेन इनर्जीको सेयर मूल्यमा उच्च गिरावट आएको हो ।

यसदिन समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ८.०६ प्रतिशतले कमाएका छन् । यसैगरी, एनएमबी बैंककाे डिबेन्चरको सेयर मूल्य ५.९८ र तेह्रथुम पावर कम्पनीको ५.८८ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।

सार्वजनिक सवारीका लागि महानगरभित्रै दुई बसपार्क, पर्यटक बस भने सडकबाटै छुट्नुपर्ने बाध्यता Read Previous

सार्वजनिक सवारीका लागि महानगरभित्रै दुई बसपार्क, पर्यटक बस भने सडकबाटै छुट्नुपर्ने बाध्यता

होटलमा लगानी बढाउँदै बैंक, चालु वर्षमै दिए पौने ८ अर्ब ऋण Read Next

होटलमा लगानी बढाउँदै बैंक, चालु वर्षमै दिए पौने ८ अर्ब ऋण