नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा, बुकक्लोज कहिले ?

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको मंसिर १५ गते बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले पुस १२ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

लाभांश तथा साधरण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गते बुकक्लोज तोकेको छ । सो अनुसार मंसिर २४ गतेसम्म कायम रहने सेयरधनीले सधारण सभामा भाग र प्रस्तावित लाभांश पाउने छन् ।

सरकारको ऋण २३ खर्ब पुग्यो, ४ महिनामै थपियो ५८ अर्ब Read Previous

सरकारको ऋण २३ खर्ब पुग्यो, ४ महिनामै थपियो ५८ अर्ब

३० दूरसञ्चार प्रदायकलाई सम्पर्कमा आउन ७ दिने अल्टिमेटम, नआए लाइसेन्स खारेजी Read Next

३० दूरसञ्चार प्रदायकलाई सम्पर्कमा आउन ७ दिने अल्टिमेटम, नआए लाइसेन्स खारेजी