मूल्य आकाशिएपछि पसल फोडेर प्याज चोरी

एजेन्सी । पछिल्लो समय नेपाली बजारमा मात्रै होइन दक्षिण एशियाका प्रायः सबै मुलुकहरुमा प्याजको मूल्य आकाशिदै गएको छ ।

 

भारतले असोजदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर छिमेकी देशहरुमा परेको हो । नेपाललमा हाल प्याजको मूल्य प्रतिकेजी २५० रुपैयाँको हाराहारीमा पुगिसकेको छ ।

 

प्याजको मूल्य आकाशिएसँगे चोरले पसलबाट पैसा होइन प्याज चोर्न थालेका छन्। चोरहरुले पसल फोरेर पैसा होइन प्याज चोरे भन्दा पत्यार नलाग्न सक्छ । तर, भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा एक सब्जी पसल फोडेर चोरले प्याज चोरेका छन् ।

 

अचम्मको कुरा के छ भने चोरहरूले पसलमा राखिएको पैसा भने छुँदा पनि छोएनन्, केवल प्याज, लसुन र अदुवा मात्रै लिएर भागे।

 

हिन्दी न्यूज १८ को अनुसार अजय दासको पसलबाट ५० हजार बराबरको प्याज र लसुन चोरी भएको छ । दासले राम्रो मूल्यमा बेच्नका लागि प्याज ठूलो भण्डारण गरेर राखेका थिए । दासले भने, ‘पछि राम्रो भाउमा बेच्नको लागि पसलभित्र प्याज भण्डार गरेर राखेको थियौँ, तर बिहान पसलमा आउँदा त सबै प्याजहरु चोरी भएछ ।’

 

भारतमा अहिले एक किलो प्याजको मूल्य भारू १०० रुपैयाँ पुगेको छ । भारतीय व्यापारीहरूले बढी मुनाफा कमाउनका लागि प्याज भण्डरान गरेर राखेको बताइएको छ ।

 

सरकारले प्याज किन्न पनि सीमा तोकेको छ । भारतीय सरकारले प्याजको मूल्य नियन्त्रण गर्न पनि प्रयास गरिरहेको छ।एजेन्सी

सामाजिक सुरक्षा कोषमा ६९ जिल्लाका श्रमिक सूचीकृत Read Previous

सामाजिक सुरक्षा कोषमा ६९ जिल्लाका श्रमिक सूचीकृत

पर्यटकीय सिजन शुरु, बढेको भिसा शुल्कले पर्यटकको आगमनमा कस्तो पार्ला प्रभाव Read Next

पर्यटकीय सिजन शुरु, बढेको भिसा शुल्कले पर्यटकको आगमनमा कस्तो पार्ला प्रभाव