मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणमा मंसिर ८ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ४८ लाख रुपैयाँ बराबरको ११ लाख ४८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हायर पर्चेज कर्जामा ब्याज बाहेक अन्य शुल्क लिन नपाउने, ग्राहकको प्यान नम्बर अनिवार्य Read Previous

हायर पर्चेज कर्जामा ब्याज बाहेक अन्य शुल्क लिन नपाउने, ग्राहकको प्यान नम्बर अनिवार्य

ग्लोबल आइएमई बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

ग्लोबल आइएमई बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन