नेप्सेमा दोहोरो अंकको करेक्शन, परिसूचक फेरि १९०० विन्दु तल झर्‍यो

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्शन आएको छ । अघिल्ला तीन कारोबार दिनमा लगातार ७७ अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २६ करोड घटेर १ अर्ब ७५ करोडमा सीमित भएको छ ।

सोमबार नेप्से परिसूचक ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा आइपुगेको छ । यसदिन २९० कम्पनीको ६० लाख १७ हजार ३९७ कित्ता सेयर किनबेच भएको छ । आज ६१ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ६६ कम्पनीको बढेको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ समूह्को परिसूचक घटेको छ भने ४ को बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.८९ प्रतिशतले घटेको छ ।

आज सोनापुर सिमेन्टको सेयर सर्वाधिक किनबेच भएको छ । यसको पौने ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि आज अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

स्वाभिमान लघुवित्तका सेयरधनीले भने सर्वाधिक ८.०४ प्रतिशत गुमाएका छन् ।

सङ्खुवासभाको वसन्तपुर सबस्टेसन सञ्चालनमा Read Previous

सङ्खुवासभाको वसन्तपुर सबस्टेसन सञ्चालनमा

लघुवित्तको नाफा ६९ प्रतिशत घट्यो, डेढ दर्जन घाटामा, कुनको कति ? Read Next

लघुवित्तको नाफा ६९ प्रतिशत घट्यो, डेढ दर्जन घाटामा, कुनको कति ?