लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फको उपाधि नोर्बु छिरिङलाई

काठमाडौं । नोर्बु छिरिङ शेर्पा आठौं संस्करणको लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको विजेता बनेका छन् ।

शनिबार काठमाडौंको गोकर्ण गल्फ क्लबमा सम्पन्न दुई (ह्यान्डिक्याप (स्टेबलफोर्ड ३ र ४)विधामा सञ्चालित प्रतियोगितामा ४१ अंक जोड्दै उनले उपाधि जितेका हुन् ।

उनले १२औं र १७ औं होलमा बोगी खेले पनि पहिलो, तेस्रो, चौथो, १३औं र १८औं होलमा बर्डी हानेका थिए । ४० अंक जोडेका आशिष श्रेष्ठ उपविजेता बने। उनले ११ हेन्डिक्यापमा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा सात महिला गल्फरसहित ९६ गल्फ खेलाडीको सहभागिता रहेको थियो।

प्रतियोगिताका विजेतालाई लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनलगायतले पुरस्कार वितरण गरेका थिए।

१ अर्ब लगानी थप्दै मनकामना केबलकार, डिजिटल प्रणालीमा स्तरोन्नति गरिँदै Read Previous

१ अर्ब लगानी थप्दै मनकामना केबलकार, डिजिटल प्रणालीमा स्तरोन्नति गरिँदै

रसिलो सुन्तला खेती गर्ने किसानको अमिलो व्यथा Read Next

रसिलो सुन्तला खेती गर्ने किसानको अमिलो व्यथा