नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको मंसिर ८ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

हाल १ अर्ब ४९ करोड चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरणपछि १ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ ।

गति लिँदै ग्वार्को 'फ्लाइओभर' निर्माण, जेठदेखि गाडी गुड्ने Read Previous

गति लिँदै ग्वार्को 'फ्लाइओभर' निर्माण, जेठदेखि गाडी गुड्ने

झन्झन् कमजोर बन्दै नेपाली मुद्रा, डलरको भाउ अहिलेसम्मकै उच्च Read Next

झन्झन् कमजोर बन्दै नेपाली मुद्रा, डलरको भाउ अहिलेसम्मकै उच्च