उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज बिहान एफपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १७ हजार ८४५ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । तीमध्ये भाग्यमानी एक जनाले थप १ कित्ता र अर्को एक जनाले थप ०.१८ कित्ता सेयर पाएका छन् ।

लघुवित्तले सर्वसाधारणका लागि कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ बिक्रीम ल्याएको थियो । जसमा कुल १० लाख ७२ हजार ७६८ आवेदन दिएका थिए । तीमध्ये ३२५ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

रसुवागढी सुक्खा बन्दरगाह निर्माण ४५ प्रतिशत सकियो, अब २ वर्षमा सम्पन्न हुने Read Previous

रसुवागढी सुक्खा बन्दरगाह निर्माण ४५ प्रतिशत सकियो, अब २ वर्षमा सम्पन्न हुने

भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने Read Next

भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने