मुक्तिनाथ कृषि कम्पनीको आइपीओ खुल्यो, १ हजार कित्तासम्म भर्न पाइने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ४८ लाख रुपैयाँ बराबरको ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयमा सबै सेयरमा आवेदन नपरेमा ढिलोमा मंसिर २२ गतेसम्म आवेदन दिन पाइने छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात, कुन महिनामा कति ? Read Previous

चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात, कुन महिनामा कति ?

मुस्ताङ घुम्न जाने पर्यटकको लर्को, एक महिनामै पुगे ८० हजार पर्यटक Read Next

मुस्ताङ घुम्न जाने पर्यटकको लर्को, एक महिनामै पुगे ८० हजार पर्यटक