भोलि उपत्यकाका जुनसुकै ठाउँबाट सवारी डाइभर्सन गरिने, अवस्था बुझेर मात्र निस्कन आग्रह

काठमाडौं । ट्राफिक प्रहरीले भोलि (मंसिर ७ गते) काठमाडौं उपत्यकामा सवारी आवगमनमा असहता हुनसक्ने आँकलन गरेको छ ।

विभिन्न समूहद्धारा उपत्यकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन, जुलुस गर्ने कार्यक्रम भएकाले सवारी आवगमनमा अवरोध आउन सक्ने जानकारी गराएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले एक सूचना जारी गर्दै घरबाट निस्किनुअघि ट्राफिक प्रहरीसँग सम्पर्क गरेर सडकको अवस्था जानकारी लिएर मात्र निस्किन आग्रह गरेको छ ।

ट्राफिक प्रहरीले भोलि अत्यावश्यक कामबाहेक सवारी लिएर ननिस्किन अनुरोध समेत गरेको छ । त्यस्तै, ट्राफिक व्यवस्थापनका लागि प्रहरीले जुनसुकै ठाउँबाट पनि सवारी डाइभर्सन गर्न सक्ने ट्राफिक प्रहरी जनाएको छ ।

भोलि एमाले निकट भातृ संगठन युवा संघ नेपालले काठमाडौंको तीनकुने र दुर्गा प्रसाईँ समूहले बल्खुमा प्रदर्शन गर्दैछन् ।

चिनी ल्याउन सरकारले पाएन आपूर्तिकर्ता, फेरि टेन्डर आह्वान गर्दै Read Previous

चिनी ल्याउन सरकारले पाएन आपूर्तिकर्ता, फेरि टेन्डर आह्वान गर्दै

डिशहोम मेगास्टारले १० लाख पुरस्कार पाउने, मंसिर ११ गते विजेता घोषणा Read Next

डिशहोम मेगास्टारले १० लाख पुरस्कार पाउने, मंसिर ११ गते विजेता घोषणा