नेप्सेमा दोहोरो अंकको कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बुधबार एकैदिन २३ अंकले घटेको नेप्से आज २० अंकले बढेको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोडले बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

बुधबार नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ विन्दुमा पुगेको छ । यसदिन २९४ कम्पनीको ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.४९ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका मध्ये १९५ कम्पनीको मूल्य बढेको छ भने ४० कम्पनीको घटेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक किनबेच भएको छ । यसको पौने ११ करोड रुपैयाँको कारोबार भएको छ ।

दोहोरा अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुद्धभूमि नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने पञ्चकन्या माइ र माथिल्लो मैलुङ खोलाका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

सयपत्री हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ८.१५ प्रतिशत गुमाएका छन् ।

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डीपीआर तयार, लागत पाैने ६ अर्ब Read Previous

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डीपीआर तयार, लागत पाैने ६ अर्ब

चिनी ल्याउन सरकारले पाएन आपूर्तिकर्ता, फेरि टेन्डर आह्वान गर्दै Read Next

चिनी ल्याउन सरकारले पाएन आपूर्तिकर्ता, फेरि टेन्डर आह्वान गर्दै